बलखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त

बलखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त


भिजन समाचार
3.4k
Shares

ओखलढुंगा । सुनकोशी गाउँपालिका-१ को बलखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । वडा अध्यक्ष प्रकाश सापकोटाको पहलमा करिब दुई लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई प्राप्त भएको हो ।
स्वास्थ्य सेवा विभाग बाट स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर दुई थान, पल्स अक्सिमिटर पाँच थान, गाउन सेट २० थान, मास्क एक हजार थान, आइभि सेट दुई सय, आइभि क्यानुला एक सय र औषधि पाँच हजार एक सय ट्याब्लेट प्राप्त भएको वडा अध्यक्ष सापकोटाले बताए ।
स्वास्थ्य चौकीलाई प्राप्त भएको स्वास्थ्य सामाग्रीले नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने ले सेवा प्रवाहलाई थपसहज हुने स्वास्थ्य चौकी इन्चार्ज कर्ण माया गिरीले बताईन् । काठमाण्डौ देखी सुनकोशी गाउँपालिका–१ बलखु सम्म सामान ढुवानीका लागि गाउँपालिकाले सहयोग गरेको थियो ।
वडा बासीको सेवाका लागि सहयोग जुटाउन आफुने निरन्तर विभिन्न निकायहरुमा धाईरहेको वडा अध्यक्ष सापकोटाको भनाई छ ।