ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको ग्रामिण क्षेत्रमा स्वास्थ्य इकाई स्थापना गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरको साबिक वडा नम्बर–४ मा स्वास्थ्य इकाई स्थापना गरिएको हो । इकाईको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले उद्घाटन गरेका छन् ।
नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँ गाउँमा स्वास्थ्य सेवा स्थापना गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाइ छ । स्वास्थ्य सेवा लिन करिब दुई घण्टा टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता हटेको वडा अध्यक्ष पूर्ण बहादुर मगरले बताए ।
यस अघि त्यस क्षेत्रका नागरिकहरु सामान्य स्वास्थ्य उपचारका लागि समेत घण्टौ घिडेर मानेभञ्ज्याङ लगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया