ओखलढुंगाको जन्तरखानीका नागरिकलाई वडाले गाउँघरमै पुगेर सामाजिक सुरक्षा परिचयपत्र नविकरणको सेवा दिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीका वडा अध्यक्ष मेख बहादुर मगरको नेतृत्वमा वडाको टोलीले गाउँघरमै पुगेर वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरुको भत्ता कार्ड नविकरण गरिदिएको हो ।
नागरिकलाई सहज सेवा प्रवाहका लागि आफुहरुले गाउँटोल तथा अशक्तहरुको घरमै पुगेर नविकरणको सेवा प्रदान गरेको वडा अध्यक्ष मगरले बताए । वडा कार्यालयबाट टाढाको गाउँमा रहेका १९५ बढी नागरिकको भत्ता कार्ड नविकरण गरिएको उनले जानकारी दिएका छन् ।
गाउँघरमै नविकरणको सेवा पाउँदा स्थानीय नागरिक खुसी भएका छन् ।
प्रतिक्रिया