ओखलढुंगा । चिशंखुगढी गाउँपालिकामा सिसाजन्य सामाग्री प्रवेशमा पूर्ण रुपले प्रतिबन्ध लगाईएकोे छ । गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर पालिका भित्र औषधि र अत्यावश्यक बाहेकका सिसाजन्य बस्तुहरु आयात र प्रयोगमा पूर्णरुपले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सिसाजन्य पेय पदार्थहरुको बोतल व्यवस्थापन गर्न समस्या हुने, यसले वातावरणीय पर्यावरणमा असर पुग्ने, प्रदुषण बढ्ने र जथाभाबी फाल्नाले चोटपटकको पनि जोखिम बढेकोले सिसाजन्य बोतल तथा सामाग्री ब्यान्ड गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।
सिसाजन्य सामाग्री प्रतिबन्ध गरिएकोबारे व्यापारी, व्यवसायी र आम नागरिकलाई सु–सुचित गरिएको अध्यक्ष शर्माको भनाई छ । गाउँपालिकाको निर्णय कार्यान्वयनको लागि नियमित अनुगमन गरिने र पालना नगर्नेलाई कारवाही हुने उनले चेतावनी दिएका छन् ।
प्रतिक्रिया