नगरबासीनै अन्धकारमा

नगरबासीनै अन्धकारमा



ओखलढुंगा । नगरपालिका भन्ने वित्तिकै सडक, शिक्षा, सञ्चार, विधुत सेवाले सुविधा सम्पन्न होला धेरैको सोचाई यस्तै हुनसक्छ । तर नगरपालिकाका नगरबासीनै अन्धकारमा बस्न बाध्य छन् ।
अचम्म मान्नु पर्दैन, हो सिद्धिचरण नगरपालिका ओखलढुंगा सदरमुकाम देखी नजिकैको गाउँमा अझै विधुत् सेवा पुगेको छैन । नगरपालिकाको वडा नं.७ विगुटारको माथिल्लो क्षेत्रमा अझै विधुत नपुगेको हो ।
ट्याम्के, ठाडे, चैते, गोर्जा भस्मे र पणेनी गाउँमा विद्युत सेवा नपुग्दा यहाँका नागरिकहरु अन्धकारमा बस्न बाध्य छन् । यस क्षेत्रमा तत्काल विद्युत विस्तार गर्न नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाका प्रमुख ईश्वर कुमार श्रेष्ठलाई ध्यानाकर्षण गराईको वडा अध्यक्ष भलबहादुर कटवालले बताए ।
विद्युत विस्तारका लागि स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र केन्द्र प्रमुख श्रेष्ठलाई बुझाईएको वडा अध्यक्ष कटुवालको भनाई छ । चाडै स्थानियको माग सम्बोधन गर्ने गरी तयारी थालिकाएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिए । सिद्धिचरण नगरपालिकाकै केही गाउँका नागरिक अहिले पनि सडक र विधुत सेवा बाट बञ्चित छन् ।