वडा कार्यालय पहिरोको जोखिममा

वडा कार्यालय पहिरोको जोखिममा


भिजन समाचार
3.8k
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको वडा कार्यालय पहिरोको जोखिममा परेको छ । केहि दिन देखि परेको अविरल वर्षाका कारण वडा कार्यालय नजिकै पहिरो गएको छ । उक्त पहिरोले कार्यालय जोखिममा परेको हो ।

तत्कालका लागि कार्यालयको काम काज स्वास्थ्य चौकी जन्तरखानीको नयाँ भवन बाट दिने व्यवस्था मिलाईएको वडा अध्यक्ष मेख बहादुर मगरले बताए । वडा कार्य समितिको बैठक बसेर स्वास्थ्य चौकीको भवनबाट अस्थायी रुपमा वडाको काम काज गर्ने निर्णय भएको अध्यक्ष मगरको भनाई छ ।

वडा कार्यालयले गाउँ गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरुकाे भत्ता कार्डकाे नविकरण गरिरहेकाे छ ।