ओखलढुंगा । पहिरोले कुन्तादेवीको खानेपानी पाईप लाईनमा क्षती पु¥याएको छ । पहिरोले खानेपानीको पाईपमा क्षती पु¥याउदा मोलुङ गाउँपालिका–१ कुन्तादेवी करम पाखा र चिलाउले चउरका स्थानीयलाई खानपानीको समस्या भएको छ ।
यहाँका १७ घर परिवारलाई खानेपानीको समस्या भएको स्थानीय तथा कुन्ता दर्शन आधारभुत विद्यालयका प्रधानाध्यापक यामुलाल ढकालले जानकारी दिए । खानेपानी पाईप लाईन मर्मतका लागि वडा कार्यालयमा माग गरिएको ढकालको भनाई छ ।
तत्काल स्थानियको खानेपानी अभाव समाधानका लागि एक सय मिटर पाईप उपलब्ध गराईएको वडा अध्यक्ष कमल बानियाले बताए ।
प्रतिक्रिया