ओखलढुंगा । सिद्धिचरण नगरपालिका–१० बेतिनीको पुण्यमाता माध्यकिम विद्यालयले ६२औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी, अभिभावक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुको सहयोगमा स्थापना भएको अक्षयकोषको ब्याज बाट ५० जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका शिक्षक तथा लेखा सहायक काशीराज धमलाले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक बेलास प्रसाद धमलाले विद्यालयको बार्षिक आय व्यय विवरण सार्वजनिक गरेका थिए । सिद्धिचरण नगरपालिकाका उप प्रमुख केदारबाबु बस्नेतले पुन्यमाता माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कला प्रदर्शन गरेको थिए ।
प्रतिक्रिया