हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार



ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिकाकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । वडा नं. ८ की ३० बर्षीय बेदीमाया दर्जीलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रसूती पछि स्वास्थ्यमा जटिल समस्या देखिए पछि ओखलढुंगा सामुदायिक अस्पतालको सिफारिसमा दर्जीलाई थप उपचारका लागि काठमाण्डौ पठाईएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत दर्जीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।