ओखलढुंगा । व्यवसायिलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता तथा नविकरण घुम्ती शिविर सञ्चालन गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले पालिकाका विभिन्न बजार क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई करको दायरमा ल्याउन व्यसाय दर्ता तथा नविकरण शिविर सञ्चालन गरेको हो ।
पालिकाले विभिन्न चार स्थानमा शिविर सञ्चालन गरेको थियो । पहिलो दिन मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालन गरिएको शिविर मार्फत ४१ वटा नयाँ व्यवसाय दर्ता भएको प्रमुख प्रशासकिय अधिकृत छविलाल राईले बताए । नौं वटा व्यसाय नविकरण भएका छन् ।
दोस्रो दिन मानेभन्ज्याङ–६ को जयरामघाटमा सञ्चालन गरिएको शिविर मार्फत १५ र थाक्लेका नौं वटा गरि २४ वटा नयाँ व्यवसायी दर्ता हुन आएको प्रमुख प्रशासकिय अधिकृत राईको भनाई छ । तेस्रो दिन मानेभन्ज्याङ–५ को हिटि र मानेभन्ज्याङ बजारका ४१ वटा व्यवसाय दर्ता भएका छन् ।
त्यसैगरि वडा नम्बर–४ केतुकेमा सञ्चालन गरिएको शिविर मार्फत ४३ वटा व्यवसाय दर्ता भएका छन् भने पाँच वटा नविकरण भएका छन् । गाउँपालिकाको क्षेत्रमा सञ्चालित उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहमा करको दायरामा ल्याउन सहज सेवा प्रवाहका लागि व्यवसाय दर्ता घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
दर्ता नगरी सञ्चालन हुँदै आएका पसल, व्यवसाय, उद्योगलाई व्यवस्थित गर्न, नियमन गर्न र करको दायरामा ल्याउन शिविर सञ्चालन गरिएको अध्यक्ष रुम्दालीको भनाई छ । शिविरमा दर्ता तथा नविकरण हुन छुटेका व्यवसायिलाई वडा स्तरीय दर्ता नविकरण अभियानमा समेटिने अध्यक्ष राईले जानकारी दिए ।
शिविर सञ्चालनकै क्रममा गाउँपालिकाले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका समाग्री बरामद गरि नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया