ओखलढुंगा । जिल्लामा डेंगी संक्रमण बढ्दो क्रममा रहेको छ । हाल सम्म चार जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका जनस्वास्थ्य निरीक्षक शिव कुमार यादवका अनुसार हालसम्म चार जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य निरिक्षक यादवका अनुसार गत असार पहिलो साता मोलुङ गाउँपालिकाकी एक बालिकामा सबै भन्दा पहिले संक्रमण पुष्टि भएको थियो । त्यस पछि मोलुङ, मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका एक/एक जनामा संक्रमण देखिएको यादवले जानकारी दिए ।
संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको यादव बताउछन् । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालमा डेंगी परिक्षण गरिन्छ । डेंगी विशेष प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भएकाले सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया