लम्पी स्किनको संक्रमणदर घट्याे

लम्पी स्किनको संक्रमणदर घट्याे


भिजन समाचार
1.2k
Shares

ओखलढुंगा । पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमणदर घट्दो क्रममा रहेको छ । विशेष गरी गाई गोरुमा लाग्ने लम्पी स्किन विरुद्धको खोप अभियानलाई तीव्रता दिन थालिए सँगै संक्रमणदर घट्न थालेको हो । जिल्लामा लम्पी स्किन रोगका कारण ३९२ पशु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक सुशील कुमार अधिकारीले बताए ।
नौं हजार ३१९ पशु यस बाट संक्रमित भएको प्रमुख अधिकारीको भनाई छ । सात हजार १९६ वटा पशु निको भएको अधिकारले जानकारी दिए । चम्पादेवी गाउँपालिका बाहेक अन्य सम्पुर्ण स्थानिय तहका गाई गोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाईएको छ । अभियानका रुपमा सुरु गरिएको लम्पी स्किन विरुद्धको खोप हाल सम्म पाँच हजार ३८९ पशुलाई लगाई सकिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार हालसम्म चिशंखुगढीमा एक हजार ८५०, लिखुमा एक हजार ७६४, सिद्धिचरण नगरपालिकामा ७००, सुनकोशीमा ४५०, खिजीदेम्बामा ४०० र मानेभन्ज्याङ गाउँपालिकाका ७५ वटा पशुलाई खोप लगाईएको छ । लम्पी स्किन विरुद्धको खोप निरन्तर सञ्चालन भईरहेको कार्यालयले जनाएको छ ।