सहासको २८औँ बार्षिकोत्सवमा लिफ्ट परियोजनाको समिक्षा

सहासको २८औँ बार्षिकोत्सवमा लिफ्ट परियोजनाको समिक्षा



ओखलढुंगा । सहयोगि हातहरुको समूह (सहास) नेपालले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा लिफ्ट परियोजनाको समिक्षा गरिएको छ । जिल्लामा विपन्न, असाहय, कृषिकहरुका लागि प्रभावकारी काम गरिरहेको सहास मार्फत हाल सञ्चालन गरिरहेको स्थानिय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण परियोजना (लिफ्ट) को कार्य प्रगतिबारे समिक्षा गरिएको हो ।
हाल सिद्धिचरण नगरपालिकाको पाँच वटा वडामा (लिफ्ट) परियोजना सञ्चालन भईरहेको परियोजनाका निमित्त प्रमुख उत्तम सुनुवारले बताए । परियोजनाले हालसम्म नगरपालिकाको वडा नं.१, २, ३, ४, र ९ मा गरेको कामबारे सुनुवारले जानकारी गराएका थिए । परियोजनाले ५४ जनालाई नेतृत्व विकास, क्षमता विकास र कृषि उपज उत्पादन, सिंचाई पोखरी, खानेपानी योजना, प्लाष्टिक टनेल सहयोग गर्नुका साथै त्यसबाट २९ जनाले आम्दानी लिन थालिसकेको सुनुवारले जानकारी दिए ।
सहास नेपाल मार्फत सञ्चालित लिफ्ट परियोजना मार्फत नगरपालिकाका नागरिकहरु प्रत्यक्ष लाभान्वित भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेतले बताए । सहासको बार्षिकोत्सव साथै परियोजना बारे जानकारी दिन आयोजना गरिएको कार्यक्रम सिद्धिचरण नगरपालिकाका उपप्रमुख बस्नेत, विभिन्न वडाका वडा अध्यक्षहरु सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि सञ्चारकर्मीहरुको सहभागिता थियो ।