ठुलाछापका महिलालाई स्वरोजगार बनाउन ढाका बुनाई तालिम

ठुलाछापका महिलालाई स्वरोजगार बनाउन ढाका बुनाई तालिम


भिजन समाचार
848
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–२ ठुलाछापका महिलालाई स्वरोजगार बनाउन ढाका बुनाई तालिम दिइएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगा र सिद्धिचरण नगरपालिका–२ नम्बर वडा कार्यालयको आयोजनामा ठूलाछापका १५ जना महिलाहरुलाई ढाका बुनाई तालिम दिइएको हो ।

गत चैत २५ गतेबाट सुरु भएको तीन महिने तालिम बुधबार समापन भएको छ । सीप सिकाएर वडाका महिलालाई व्यवसायिक बनाउने उद्देश्यले सीपमुलक ढाका बुनाई तालिमको आयोजना गरिएको वडाअध्यक्ष बसन्त कट्वालले बताए । तालिम लिएका महिलाहरु मध्ये बाट व्यवसाय सञ्चालन गर्न इच्छुकलाई वडा कार्यालय मार्फत ५० हजार सहयोग गरिने वडाअध्यक्ष कटुवालले जानकारी दिए ।

तालिममा सहभागीमध्ये उत्कृष्ट एक जनालाई वडाले पुरस्कृत गरेको छ । सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिएको छ ।