मोलुङका १५ जना भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण

मोलुङका १५ जना भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण


भिजन समाचार
5.3k
Shares

ओखलढुंगा । मोलुङ गाउँपालिकाका १५ जना भूमिहिन सुकुसम्बासीलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गरिएको छ । गाउँपालिकाको वडा नं. १, ३, ५ र ७ का १५ जना भूमिहिनलाई निस्सा प्रदान गरिएकाे हाे ।
निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष उत्तम राईले जग्गा नभएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताएका छन् । भूमिहिन सुकुम्बासीले लालपुर्जा प्राप्तीका लागि पालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष राईले प्रतिवद्धता जनाएका छन् ।
हाल सम्म सुनकोशी र मोलुङ गाउँपालिकाका २० जना भूमिहिन सुकुम्बासीलाई निस्सा हस्तान्तरण गरिएको भूमिआयोगका जिल्ला अध्यक्ष लुईटेलले बताए । अन्य पालिकाहरुका भूमिहिनलाई पनि प्रक्रिया पु¥याएर चाढै निस्सा हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष लुईटेलको भनाई छ ।
ओखलढुंगामा एक सय भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको आयोगको तथ्याङ्क छ ।