ओखलढुंगा । सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानका आगलागी पीडित हर्कराज राईलाई राहत सामाग्री सहयोग गरिएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपाल र ओखलढुंगा युथ फाउन्डेसनको सहयोगमा राईलाई राहत सामाग्री प्राप्त भएको हो ।
फाउन्डेशन मार्फत खाद्यान्न, त्रिपाल, म्याट्रिस, ब्लाङ्केट र तन्ना गरि १२ हजार ७०० बराबरको सामाग्री सहयोग गरिएको अध्यक्ष ओम कुमार शाक्यले बताए । सहास नेपालले मार्फत १३ हजार ५०० बराबरको जस्तापाता सहयोग गरिएको सहास नेपालका लिफ्ट परियोजना अधिकृत देवेन्द्र लामाले बताए ।
गत असार १७ गते भएको आगलागीबाट राईको जस्ता र काठले बनेको एक तले घर, धलमान, लत्ताकपडा, भाडा वर्तन, अन्नपात लगायतका सामाग्रि पुर्ण रुपमा जलि नष्ट हुँदा करिब सात लाख बराबरको क्षति भएको थियो ।
प्रतिक्रिया