ओखलढुंगा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

ओखलढुंगा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


भिजन समाचार
1.9k
Shares

ओखलढुंगा । ओखलढुंगालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा खोप लगाउने उमेर समूहका सम्पुर्ण बालबालिकाले खोप लगाएको सुनिश्चित भएसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
‘स्थानीय स्वामित्व र सहभागीता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराकासाथ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ कार्यालय ओखलढुंगा प्रमुख अहमद मन्सुरले बताए ।
शनिबार जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको उपस्थितीमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख मन्सुरले जानकारी दिए ।
खोप लगाउने उमेर समूहका दुई हजार ६१३ जना बालबालिका सबैले खोप पाएको सुनिश्चिता भएसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको फोकल पर्सन शिवकुमार यादवले बताए । सम्पुर्ण स्थानिय तहका वडाहरु बाट आएको विवरणको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको यादवको भनाई छ ।