ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिकाले आर्थिक व्यवस्थापनका लागि वित्तिय साक्षरता तालिम सञ्चालन गरेको छ । गाउँपालिकाका आम नागरिकलाई आर्थिक व्यवस्थापन शिक्षा दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिकाको वडा नं.२, ३, ५ र ६ मा तालिम सञ्चालन गरिएको पब्लिक बचत तथा ऋण सहकारी संख्याका लिमिटेडका व्यवस्थापक कल्याण राईले जानकारी दिए । चालु आर्थिक वर्षमा १२० जनालाई वित्तिय साक्षरता तालिम दिईएको राईको भनाई छ ।
आगामी पाँच वर्ष भित्र मानेभञ्ज्याङका प्रत्येक घरका एक जनालाई वित्तिय रूपमा साक्षर बनाउने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालिले बताए । मानेभञ्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा पब्लिक बचत तथा ऋण सहकारी संख्याका लिमिटेडले तालिमको आयोजना गरेको थियो ।
प्रतिक्रिया