युवाको क्षमता विकास गर्न पत्रकारिता तालिम

युवाको क्षमता विकास गर्न पत्रकारिता तालिम


भिजन समाचार
3.9k
Shares

ओखलढुंगा । युवाहरुको क्षमता विकास गर्न पत्रकारिता तालिम दिईएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले युवाहरुको क्षमता विकासका लागि पत्रकारिता तालिम दिएको हो । सुशासन कायम गर्न गाउँपालिकाको प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालिले बताए ।
आगामी आर्थिक वर्ष देखी गाउँपालिकाले त्रैमासिक पालिका पत्र प्रकाशन गरिने भएकाले यसका लागि पनि पत्रकारिता तालिम आयोजना गरिएको अध्यक्ष रुम्दालीको भनाई छ । तालिममा सिकेको सीप व्यवहारमा उतारी गाउँपालिकाको समाज रुपान्तरण अभियानमा पत्रकारितको माध्यम बाट साथ दिन अध्यक्ष रुम्दालीले सहगागिहरुलाई अनुरोध गरेका छन् ।
नागरिकको सूचनाको हक कार्यन्वयनका लागि निस्पक्ष भएर पत्रकारिता गर्न उपाध्यक्ष आश्रचन राईले सहभागिहरुलाई सुझाव दिएका छन् । ४२ घण्टे तालिममा गाउँपालिकाको विभिन्न वडाका १५ जना युवाहरुको सहभागिता रहेको थियो ।  तालिम बुधबार समापन भएको छ ।