ओखलढुंगा । सिद्धिचरण नगरपालिकाका सम्पुर्ण बालबालिकाहरुले सम्पुर्ण खोप लगाएको सुनिश्चितता भएको छ । नगरपालिकाको १२ वटा वडाका जन्मेदेखी २३ महिना सम्मका ६५६ बालबालिकाले सम्पुर्ण खोप लगाएको सुनिश्चित भए सँगै नगरपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चितता नगरका रुपमा घोषणा गरिएको छ ।
नगरको १२ औँ नगरसभामा नगरप्रमुख तेजेन्द्र खनालले सिद्धिचरण नगरपालिकालाई पुर्णखोप दिगोपना सुनिश्चितता भएको घोषणा गरेका हुन् । नगरपालिकाको १२ वटै वडामा स्वास्थ्यकर्मी साथै वडा समिती मार्फत खोप लगाउने उमेरका बालबालिकाले सम्पुर्ण खोप लगाए नलगाएको सुनिश्चित गरिएको प्रमुख प्रशासकिय अधिकृत बलराम लम्सालले जानकारी दिए ।
१६ देखी २३ महिना सम्मका २४१ बालबालिकाले सम्पुर्ण खोप लगाई सकेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक आईतबहादुर राईले बताए । यसका साथै जन्मेदेखी १५ महिना सम्मका ४१५ बालबालिकाले स्वास्थ्य संस्थाहरु मार्फत हाल नियमित खोप लगाई रहेको राईको भनाई छ ।
प्रतिक्रिया