ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकाले ४० करोड बढिको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले १४ औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८०÷०८१ का लागि ४० करोड ४४ लाख ७९ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गरेको हो । स्थानीय तहले असार १० गतेभित्र अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार शुक्रबार बजेट ल्याईएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
गाउँसभामा उपाध्यक्ष सुशिला तामाङले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट, राजस्वका दर र निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । कक्षा १२ उत्तीर्ण गरेका युवालाई निःशुल्क लोकसेवा आयोग तालिम सञ्चालन गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई आँखा जाँच गरी निःशुल्क चस्मा वितरण गर्ने, गर्भवतीलाई निःशुल्क भिटामिन वितरण गर्ने लगायतका योजना प्राथमिकतामा राखेको छ ।
यसका साथै खिजिदेम्बा गाउँपालिकालाई अर्गानिक पालिका घोषणा गरी अर्गानिक उत्पादनको मापन गर्ने, आइएसओ सर्भे गर्ने, युवा उद्यमशीलता विकासका लागि तालिम तथा अनुदानको व्यवस्था गर्ने, होमस्टे तालिम सञ्चालन गर्ने र देम्बामा गल्फ कप आयोजना गर्ने लगायत कार्यक्रम राखिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिएका छन् ।
प्रतिक्रिया