ओखलढुंगा । विहिबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउदा दुई जनाको ज्यान गएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षिय रणबहादुर गुरुङको घर पहिरोले बगाउदा गुरुङ सँगै उनकी २९ वर्षिय श्रीमती शिवमाया गुरुङको ज्यान गएको हो ।
उनिहरुका १० वर्षिय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरोमा परि बेपत्ता हुनुभएको भएका छन् । उनिहरुको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । राती करिब ११ बजेको समयमा बस्ति माथिबाट आएको पहिरोले गुरुङको सँगै अन्य तीन घर पहिरोले बगाएको छ ।
बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको स्थानियले जानकारी दिएका छन् । अन्यले भागेर ज्यान जोगाउन सफल भएको स्थानियको भनाई उदृढ गर्दै प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजिका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी बल परिचालन भएका छन् । पहिरोले धनमाल र पशु चौपायमा कति क्षती पु¥यायो एकिन हुन बाँकी छ ।
प्रतिक्रिया