महिला सशक्तिकरणका लागि उद्घोषण, भाषण कला तालिम

महिला सशक्तिकरणका लागि उद्घोषण, भाषण कला तालिम


भिजन समाचार
53
Shares

ओखलढुंगा । महिलाहरुको क्षमता विकासका लागि उद्घोषण, भाषण कला तथा वाक क्षमता वृद्धि गर्ने तालिम सञ्चालन गरिएको छ । सुनकोशी गाउँपालिकाले लक्षित वर्ग अन्तरर्गत महिला सशक्तिकरणका लागि तालिम सञ्चालन गरिएको हो ।
तालिममा गाउँपालिकाका दश वटै वडा बाट ५० जना महिलाहरु सहभागि भएका थिए । तालिममा सिकेको सीप व्यबहारमा लागु गर्न गाउँपालिका अध्यक्ष कमल तामाङले सहभागिहरुलाई आग्रह गरेका छन् । यो संसार मिठो र कलात्मक तरिकाले बाल्नेहरुको पक्षमा रहेकोले तालिमले उद्घोण, भाषण गर्ने महिलाहरुको वाक क्षमता वृद्धि गर्ने कुरामा आफु विश्वस्त रहेको गाउँपालिका अध्यक्ष तामाङको भनाई छ ।
महिला जनप्रतिनिधीहरु, पालिका र वडा स्तरिय महिला सञ्जालका प्रतिनिधि र अगुवा युवती, किशोरीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताए । भौतिक पुर्वाधारको निर्माण सँगै सामाजिक विकासको क्षेत्रमा गाउँपालिकाले महत्वपुर्ण कामको थालनी गरेको उपाध्यक्ष अधिकारीको भनाई छ ।
महिला तथा बालबालिका शाखा मार्फत आर्थिक वर्ष २०७९÷०८० मा विनियोजित बजेटले पाँच दिने आवासिय तालिम सञ्चालन गरिएको अधिकारीले जानकारी दिईन् । यसका साथै संवैधानिक अधिकार तथा कानुनी क्षमता विकास गर्ने उद्देश्यले एक दिने अभिमुखिकरण तालिम समेत सञ्चालन गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख उमा खनालले जानकारी दिईन । तालिमले महिलाहरुमा वाक क्षमता वृद्धि हुनका साथै आत्मविश्वास बढेको सहभागिहरुले जनाएका छन् ।