राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले ओखलढुंगाको सुनकोशीका बाढी प्रभावित १६ घरपरिवारलाई नगद् सहयोग गरेका छन् । प्रभावित क्षेत्रको स्थलगत अनुुगमन गर्ने क्रममा जिल्लाको सुनकोशी गाउँपालिका १, २ र ४ मा पुगेका उनले बाढी पीडित १६ स्थानीयलाई पाँच–पाँच हजारका दरले सहयोग रकम प्रदान गरेका हुन् । दसैँको बेला पाकेको धानबाली र धानखेत बाढीले…