खेलकुद विकास समिति ओखलढुंगाको अध्यक्षमा गुरुङ मनोनीत

भिजन समाचार
0
Shares

ओखलढुंगा । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा अनितबहादुर गुरुङ मनोनित भएका छन् । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले बुधबार गुरुङलाई मनोनयन गरेको हो ।

बोर्डको २०८३ असार १० गतेको निर्णयअनुसार सिद्धिचरण नगरपालिका–३ निवासी गुरुङलाई प्रदेश खेलकुद ऐन, २०७६ को दफा १६ को उपदफा (२) (क) बमोजिम अध्यक्ष पदमा मनोनयन गरिएको बोर्डका सदस्य सचिव विप्लव घोषले बताए ।

उनलाई ऐनको दफा १७ बमोजिमको कार्यकाल रहने गरी नियुक्त गरिएको बोर्डले जनाएको छ । यसअघि जिल्ला समिति अध्यक्ष रहेका प्रविन श्रेष्ठको पदावधि सकिएसँगै जिल्ला अध्यक्ष पद रिक्त रहेको थियो ।