ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीमा ८० घरधुरीका स्थानीयवासीले स्वच्छ तथा सुरक्षित खानेपानी सेवा पाएका छन् ।
लामो समयदेखि खानेपानी समस्याबाट प्रभावित क्षेत्रका लागि सञ्चालन गरिएको काफ्ले खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजन खनालले गरेका हुन् ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र सिद्धिचरण नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको उक्त योजना काफ्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो । योजना निर्माणमा कुल ३७ लाख ७ हजार १ सय ३१ रुपैयाँ खर्च भएको जनाइएको छ ।
योजनामार्फत अब स्थानीयवासीले स्वच्छ तथा सुरक्षित खानेपानीमा सहज पहुँच पाउने नगर प्रमुख खनालले बताए । उनले खानेपानी सेवाको विस्तारसँगै स्थानीयको दैनिक जीवन सहज बन्नुका साथै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयवासीले योजना सञ्चालनपछि सहज भएको बताएका छन् । स्थानीयले आगामी दिनमा पनि यस्ता जनमुखी तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।खी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया