नारायणस्थानमा १४८ जनाको आँखा परीक्षण, १६ जनामा मोतिबिन्दु पुष्टि

भिजन समाचार
32
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा सोमबार सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १४८ जनाको आँखा परिक्षण गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको आयोजनामा गरिएको शिविरमा जाँच गरिएका मध्ये १६ जनामा मोतिबिन्दुको समस्या देखिएको र शल्यक्रियाका लागि छनोट गरिएको केन्द्रकी प्रमुख टिका राईले जानकारी दिइन् ।

प्रमुख राईका अनुसार २७ जनामा चस्मा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने समस्या भेटिएको छ । मोतिबिन्दु शल्यक्रियाका लागि मंसिर २४ र २५ गते विशेष आँखा शल्यक्रिया शिविर सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन् ।

समयमै स्वास्थ्य जाँच र उपचारका आवश्यकतामा जोड दिँदै तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र ओखलढुंगा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहकार्यमा नगरका विभिन्न वडासँगै मोलुङ गाउँपालिकाको प्राप्चामा समेत निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।

यसअघि पनि सिद्धिचरण नगरपालिकाका बडाहरू र मोलुङ–५ प्राप्चामा निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको छ ।