ओखलढुंगाको सुनकोशी गाउँपालिकाले अस्थायी र करार कर्मचारी हटाउने भएको छ । गाउँपालिकाले स्वीकृत दरबन्दीबाहेकका अस्थायी करार पदमा कार्यरत कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
संघीय सरकारको परिपत्र अनुसार शिक्षकहरुबाहेक स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार र ज्यालादारी २५ जना कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले भिजनलाई जानकारी दिए ।
नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरे अनुसार यहि कार्तिक १५ गतेदेखि लागू हुने गरी स्वीकृत दरबन्दी बाहेक कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सम्झौता रद्द गरेको गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ ।
हाललाई शिक्षकहरुसँगको सम्झौता रद्द नगरिएको भएपनि आगामी कार्यपालिका बैठकमा यसबारे निर्णय हुने सुनकोशी गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया