चम्पादेवीको पोखरेमा केन्द्रीय विद्युत पुग्याे

भिजन समाचार
54
Shares

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ को पोखरेमा केन्द्रीय विद्युत पुगेकाे छ । पाेखरे गाउँकाे ३६ घरधुरीमा पहिलोपटक केन्द्रीय विद्युत पुगेको हो ।

साविकको वडा नं. ५ मा केन्द्रीय विद्युत पुगेको वडा अध्यक्ष मोहन तामाङले बताए । बाँकी गाउँ टोलमा पनि प्रसारणका लागि आवश्यक काम भइरहेको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

बर्षौँ देखि यहाँका अधिकांश घर सोलारको भरमा थियो । विद्युत नहुँदा विद्यार्थीलाई पढ्न, घरधन्दा गर्न र सञ्चार उपकरण चार्ज गर्न ठूलो समस्या थियो । “सोलार बिग्रँदा फोन चार्ज गर्न आधा घण्टा पैदल हिँडेर छिमेकी गाउँ जानु पथ्र्यो, अब त्यो बाध्यता हटेको छ,” अध्यक्ष तामाङले भने ।