सुनकोशी गाउँपालिका–४ ओखलढुंगाको डाडाजेरुङमा खानेपानीको चरम अभाव देखिएकाे छ । जेरुङका करिब ८०-९० घर परिवारले खानेपानीको अभाव भाेगिरहेका छन् ।
जेरुङकाे माझटाेल लगाएतका गाउँ टाेलमा खानेपानीको समस्या रहेकाे स्थानीय रामकाजी श्रेष्ठले बताए । मुलखर्ककाे दारघारी बाट ल्याईएकाे पानी स्थानीयले पालैपालो थाप्नु पर्ने बाध्यता रहेकाे श्रेष्ठको भनाइ छ ।
स्थानीयवासीहरूका अनुसार दैनिक १–२ घण्टा पानीका लागि पालाे कुर्नुपर्ने बाध्यता छ ।
पानीकाे अभावले मुख्यत: महिला,बालबालिका र जेष्ठ नागरिकहरु प्रभावित भएका छन् । केहि दिन अघि मात्र गाउँपालिका अध्यक्ष कमल तामाङले कुनै पनि वडामा खानेपानीको अभाव नभएकाे बताएका थिए ।

प्रतिक्रिया