तेस्रो कोशी प्रदेश बक्सिङ प्रतियोगिता २०८२ मा ओखलढुंगाका चिरण राई तेश्रो भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा ४८ के.जी समूहमा राई तेश्रो भएका हुन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का राईले प्रमाण पत्र, मेडल सहित पुरस्कार प्राप्त गरेका छन् । राई बक्सिङको अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्ड अन्तर्गतको झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो । उक्त प्रतियोगितालाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा प्रदेश खेलकुद विकास बोर्डको संयोजन, झापा बक्सिङ संघको प्राविधिक सहयोग तथा अर्जुनधारा नगरपालिकाको स्थानीय सहकार्यमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया