मुक्तिनाथ विकास बैंक लिमिटेडको मानेभन्ज्याङ शाखाले १०८ विद्यार्थीलाई स्टेशनरी सहयोग गरेको छ । शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयका १०८ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।
कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई करिब ६० हजार रुपैयाँ लागतमा कपी, कलम, पेन्सिल र ज्यामिति बक्सलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमका बिच मुक्तिनाथ विकास बैंकको क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत मुकेश विक्रम वस्ती र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद वास्तोलाले संयुक्त रूपमा विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेका थिए ।
बैंकका मानेभञ्ज्याङ शाखा प्रबन्धक विकल्प भट्टराईका अनुसार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको हो । यस्ता कार्यक्रमले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीको पठनपाठनमा टेवा पुग्नुका साथै शिक्षाप्रति थप उत्साह बढाउने विश्वास बैंकले लिएको छ ।
विद्यालयले पनि बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीको सिकाइ वातावरण सुधार्न महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।


प्रतिक्रिया