लिखु अध्यक्ष कपको उपाधी चम्पादेवी र आमचोकलाई

लिखु अध्यक्ष कपको उपाधी चम्पादेवी र आमचोकलाई


भिजन समाचार
1.5k
Shares

ओखलढुंगाको लिखु गाउँपालिकामा सम्पन्न पालिका स्तरिय अध्यक्ष कप भलिबल प्रतियोगिता पुरुष तर्फ ओखलढुंगाको चम्पादेवी गाउँपालिका र महिला तर्फ भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । पुरुष तर्फ फाईनल खेलमा आयोजक लिखु गाउँपालिकालाई हराउँदै चम्पादेवीले उपाधि जितेको हो । प्रतियोगितामा पुरुष तर्फ लिखु तामाकोशी गाउँपालिका रामेछाप तेश्रो भएको छ भने चिशंखुगढी गाउँपालिका ओखलढुंगा सान्त्वना भएको छ ।
यस्तै महिला तर्फ फाईनल खेलमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकालाई हराउँदै भोजपुरको आमचोक गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा तेश्रो र लिखु तामाकोशी गाउँपालिका रामेछाप चौंथो भएको खेलकुद विकास समिति संयोजक पशुपति सुनुवारले बताए ।

प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र चौंथो समूहले क्रमशः नगद एक लाख ५० हजार, एक लाख, ७० हजार र ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको गाउँपालिका प्रवक्ता मोहन कुमार कार्कीले जानकारी दिए । प्रतियोताको पुरस्कार पुरुष र महिला दुवैलाई बराबर वितरण गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नं.५ का वडा अध्यक्ष कार्कीको भनाई छ ।
खेल क्षेत्र र खेलाडीको प्रोत्साहन गर्न तथा गाउँपालिको पर्यटन प्रबद्र्धनको गर्ने उद्देश्यले लिखु अध्यक्ष कप भलिबल खेल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए । खेलाडी र स्थानिय तहहरु विच आपसी सद्भाव र सहकार्यको भावना विकास हुने गरी प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष कार्कीको भनाई छ ।
पहिलो पटक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पु¥याउनुका साथै युवाहरुमा नेतृत्व विकास र आर्थिक विकास साथै गाउँ ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बताईन् । प्रतियोगिता फागनु ३० गते देखी लिखु गाउँपालिकाको यसममा सञ्चालन भएको थियो ।