खिजिदेम्बा अल्ट्रा ट्रेल रेसको उपाधी करण र प्रियाले जिते

खिजिदेम्बा अल्ट्रा ट्रेल रेसको उपाधी करण र प्रियाले जिते


भिजन समाचार
7.8k
Shares

खिजिदेम्बा गाउँपालिकामा सम्पन्न ४२ किलोमिटर अल्ट्रा ट्रेल रेसको उपाधी करण रावतले जितेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले खिजिदेम्बा गाउँपालिकाको आयोजना, ओखलढुङ्गा पर्यटन विकास समितिको सहआयोजना र नेपाल पर्यटन बोर्डको प्रायोजनामा भएको अल्ट्रा ट्रेल रेसको उपाधी बझाङका रावतले जितेका हुन् ।
रावतले निर्धारित दुरी चार घण्टा १८ मिनेटमा पार गरेका थिए । यस्तै महिला तर्फ प्रिया राईले उपाधी जितेकी छिन् । राईले पाँच घण्टा ४३ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । खुला पुरुष तर्फ राजन मेयोङ्बा दोश्रो, रमेश लिम्बू तेश्रो र शक्तिराम रोकाय चौथो भएका छन् ।
खुला महिला तर्फ निर्मला दोश्रो, हुमी बुढा मगर तेश्रो र छोकी शेर्पाले चौथो स्थान हासिल गरेका छन् । खुला तर्फ प्रतियोगिताका विजयीहरुले क्रमशश्र ७० हजार, ६० हजार, ५० हजार र २५ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको वडा नं.६ का वडा अध्यक्ष पासाङनिमा शेर्पाले जानकारी दिए ।
यसका साथै स्थानिय पुरुष तर्फ पृथी लाल राई प्रथम, देवराज सुनुवार दोश्रो, धन बहादुर तामाङ तेश्रो साथै स्थानिय महिला तर्फ पदम कुमारी सुनुवार प्रथम, हिरामाया भुजेल दोश्रो र गेल्मु शेर्पा तश्रो भएको वडा अध्यक्ष शेर्पाले बताए । स्थानिय तर्फका विजेताहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यस वर्ष पाँचौं संस्करण सम्पन्न गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा देशका विभिन्न स्थानका ६० जना भन्दा बढी धावकहरु सहभागी भएका थिए ।