राष्ट्रपति रनिङ शिल्डको उपाधी सिद्धिचरणले जित्यो

राष्ट्रपति रनिङ शिल्डको उपाधी सिद्धिचरणले जित्यो


भिजन समाचार
2.6k
Shares

ओखलढुंगा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी सिद्धिचरण नगरपालिकाले जितेको छ । सिद्धिचरणले प्रतियोगितामा २६ स्वर्ण, ११ रजत र १२ कास्य जित्दै उपाधी प्राप्त गरेको हो ।
१५ स्वर्ण, २१ रजत र १० कास्य पदक प्राप्त गरी मानेभञ्ज्याङ गाउँपालिका दोश्रो भएको छ । यस्तै प्रतियोगितामा तेश्रो भएको चम्पादेवी गाउँपालिकाले १० स्वर्ण र एक रजत प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठले बताए ।
सुनकोशी गाउँपालिकाले नौ स्वर्ण, १८ रजत र आठ कास्य, खिजिदेम्बा गाउँपालिकाले पाँच स्वर्ण, एक रजत र १७ कास्य, मोलुङ गाउँपालिकाले चार स्वर्ण, एक रजत र दुई कास्य पदक प्राप्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

चिशंखुगढी गाउँपालिकाले तीन स्वर्ण, ११ रजत र दुई कास्य साथै लिखु गाउँपालिकाले दुई स्वर्ण, १० रजत र १४ कास्य पदक प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा फागुन ११ गते देखी रुम्जाटार माध्यमिक विद्यालयको खेल मैदानमा विभिन्न विधाका प्रतियोगिता सञ्चालन भएका थिए ।
सम्पन्न प्रतियोगितामा खेल प्रदर्शनको आधारमा प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । भलिबल तर्फ छात्र–छात्रा, कबड्डी छात्र–छात्रा, दौड, हाइजम्प लङजम्प, मार्सल आर्ट लगायतका खेलहरु सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले जनाएको छ ।
आगामी वर्ष चम्पादेवी गाउँपालिकामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने जनाईएको छ ।