१ लाख ११११ राशीको पुरुष भलिबल प्रतियोगिता ज्यामिरेमा सुरु

१ लाख ११११ राशीको पुरुष भलिबल प्रतियोगिता ज्यामिरेमा सुरु


भिजन समाचार
1.6k
Shares

सिद्धिचरण नगरपालिका–९ ज्यामिरे ओखलढुंगामा एक लाख एक हजार १११ पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता सुरुभएको छ । नेपथ्थे युवा समाजको आयोजनामा सञ्चालित प्रतियोगिताको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा सुरु भएकाे हो ।
प्रतियोगितामा विभिन्न स्थानिय तहका ६ समुहको सहभागिता रहेको समाजका सचित धिरेन्द्र खड्काले बताए । लिगको आधारमा खेलाईले खेलमा उपविजेता र सेमिफाईनलिष्ट टिमले क्रमशः ५१ हजार १११ र २५ हजार ५२५ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड र सिद्धिचरण नगरपालिका साथै स्थानिय संघ संस्था व्यक्तिहरुको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको समाजका अध्यक्ष अमृत खड्काले जानकारी दिए ।
नेपथ्थे समाजकै आयोजनामा तीन हजार मिटर दौड र स्लो बाईक रेस प्रतियोगिता हुने भएको छ । यि दुईटै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने विजेतालाई छ हजार १११, चार हजार १११ र दुई हजार १११ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्व समिति उप प्रमुख तारा कार्की, सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत लगायत विभिन्न कार्यालयका प्रमुख प्रतिनिधी र जनप्रतिनिधीहरुकाे सहभागिता रहेकाे थियाे । प्रतियोगिता आईतबार समापन हुने सिद्धिचरण नगरपालिका-९ का वडा अध्यक्ष गुणबहादुर खड्काले बताए ।