सुनकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रबुद्ध माध्यमिक विद्यालय च्यानमले जितेको छ । प्रतियोगिता ४७ स्वर्ण, आठ रजत र पाँच काश्य गरि कुल ६० पदक सहित प्रबुद्ध माध्यमिक विद्यालयले उपाधी जितेको हो ।
यस्तै नौ स्वर्ण, नौ रजत गरि १८ पदक सहित जगत जननी माध्यमिक विद्यालय च्यानम दोश्रो भएको छ । पाँच स्वर्ण, छ रजत र दुई काश्य गरि १३ पदक सहित दामती माध्यमिक विद्यालय तेश्रो भएको सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख विबेक तामाङले बताए ।
विजेता विद्यालयका खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार गाउँपालिका अध्यक्ष कमल तामाङ लगायत अन्य अतिथीहरु मार्फत हस्तान्तरण गरिएको शिक्षा शाखा प्रमुख तामाङले जानकारी दिए । प्रतियोगितामा पालिकाका १३ वटा माध्यमिक तहका विद्यालयहरुको सहभागिता थियो ।
भलिबल, दौड, हाइजम्प, लङ जम्प लगायत विभिन्न विधामा प्रतियोगिता सञ्चालन भएका थिए । खेल गाउँपालिकाको वडा नं.५ मुलखर्क खेलमैदानमा गत १५ गते देखि १७ सञ्चालन भएको थियो ।
प्रतिक्रिया