मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधीका लागि मानेभन्ज्याङ र माङ्सेबुङ भिड्ने

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधीका लागि मानेभन्ज्याङ र माङ्सेबुङ भिड्ने



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा जारी प्रदेश स्तरीय अन्तर स्थानिय तह अध्यक्ष कपको उपाधीका लागि मानेभञ्ज्याङ र माङ्सेबुङ इलाम विच खेल हुने भएको छ । फाईनल खेल पुस २७ गते शुक्रबार विहान ११ देखी हुने मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
सेमिफाईनलमा मानेभञ्ज्याङले लालिगुराँस नगरपालिका तेह्रथुम र माङ्सेबुङले सिद्धिचरण नगरपालिका ओखलढुंगालाई पराजित गरेर फाईनलमा पुगेका हुन् । प्रतियोगिताको विजेताले नगद पाँच लाखको साथमा साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको ट्रफिको साथमा मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ ।
खेलको सेमीफाईनलिस्ट सिद्धिचरण नगरपालिका ओखलढुंगा र लालिगुराँस नगरपालिका तेह्रथुमले एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने अध्यक्ष रुम्दालीको भनाई छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट खेलाडी नगद १५ हजार साथमा ट्रफि प्रदान गरिने छ ।
प्रतियोगितामा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ईलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानिय तह सहभागी भएका छन् ।