उद्घाटन खेलमा मानेभञ्ज्याङको जित

उद्घाटन खेलमा मानेभञ्ज्याङको जित


भिजन समाचार
4.2k
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उबु ब्ओकुला खेल मैदानमा सुरु भएको प्रदेश स्थानिय तह स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मानेभञ्ज्याङ विजयी भएको छ । जिल्लाकै सुनकोशी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङले विजयी सुरुवात गरेको हो ।
मानेभञ्ज्याङका खेलाडी मनकृष्ण राई (हेमन) उत्कृट भएका छन् । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नौ जिल्लाका १८ टिमको सहभागिता रहेको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिता सुरु भएकाे हाे ।
प्रतियोगितामा विजेतालाई नगद पाँच लाखको साथमा साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको ट्रफि साथमा मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरिने रुम्दालीले बताए । उपविजेतालाई नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । खेलको सेमीफाईनलिस्ट दुई टिमलाई एक–एक लाख रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार, सर्बाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट खेलाडी नगद १५ हजार साथमा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ईलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका स्थानिय तह सहभागी भएको आयोजक मूल समारोह समिति संयोजक राजकुमार रुम्दालीले जानकारि दिए । पुस २९ गते प्रतियोगिता समापन हुनेछ ।