मानेभञ्ज्याङ अध्यक्ष कपमा १८ टिम सहभागी

मानेभञ्ज्याङ अध्यक्ष कपमा १८ टिम सहभागी


भिजन समाचार
2.7k
Shares

मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा हुन गईरहेको अध्यक्ष कप फुटबल प्रतियोगितामा १८ टिम सहभागी भएका छन् । प्रदेश स्तरिय स्थानिय तह फुटबल प्रतियोगितामा नौ जिल्लाका १८ वटा स्थानिय तह सहभागी भएका हुन् ।
पुस १७ देखी २९ गते सम्म मानेभञ्ज्याङ गाउँपालिका–३ ब्ओकुला खेलमैदान उबुँमा प्रतियोगिता सञ्चालन हुने आयोजक मूल समारोह समितिका संयोजक राजकुमार रुम्दालीले बताए । प्रतियोगिताका लागि ओखलढुंगाका छ वटा स्थानिय तह सहभागि भएका छन् ।
सोलुखुम्बु बाट तीन, खोटाङ र उदयपुर बाट दुई–दुई र इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुम जिल्लाका एक–एक स्थानिय तहले टिम दर्ता गराएको मानेभञ्ज्याङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विपिन कार्कीले जानकारी दिए । १७ गते मंगलबार प्रतियोगितको उद्घाटन खेल मानेभन्ज्याङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बु बिच हुने आयोजक मूल समारोह समिति संयोजक रुम्दालीले जानकारी दिए ।
प्रतियोगितामा विजेतालाई नगद पाँच लाखको साथमा साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको ट्रफि मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरिने रुम्दालीले बताए । उपविजेतालाई नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । खेलको सेमीफाईनलिस्ट दुई टिमलाई एक–एक लाख रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट खेलाडी नगद १५ हजार साथमा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।