ओखलढुंगाका सवारीले दशैंमा बढी भाडा लिन नपाउने, गुनासो आए कारबाही गर्ने सिडिओको चेतावनी

ओखलढुंगाका सवारीले दशैंमा बढी भाडा लिन नपाउने, गुनासो आए कारबाही गर्ने सिडिओको चेतावनी


भिजन समाचार
27.3k
Shares

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सवारी साधनले तोकिएको भन्दा बढी भाडा लिएमा तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा बुधबार सरोकारवालासँग भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

सवारी भाडादरलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरामा प्रशासन प्रतिवद्ध रहेको बताउँदै उनले जिल्लाभर कुनै पनि सवारीले तोकिएभन्दा बढी भाडा लिए सिधै प्रशासन वा प्रहरीमा खबर गर्न यात्रु तथा नागरिकलाई आग्रह गरे ।‘कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले भाद्र ३ गते तोकेको भाडादर अनिवार्य लागु गर्नुपर्ने निर्णय गरेका छौ । यसको प्रभावकारी कार्यान्वय भए नभएकोबारे अनुमगन पनि भइरहेको छ ।’ उनले भने ।
‘तर यात्रु र आम नागरिकको गुनासो बिना कारबाही गर्ने कुरा भएन । अहिलेसम्म एक जना पनि नागरिकले प्रत्यक्ष गुनासो नगरेकोले कारबाही नभएको हो । कतै त्यसरी सवारी साधनले बढी भाडा लिएका छन् भनेर कसैले गुनासो मात्र गर्नुभयो भने पनि हामी कानुन अनुसार कारबाही गछौ ।’ प्रजिअ बरालले भने ।
भाडादर प्रभावकारी कार्यान्वयनको लागि अनुगमन र कारबाहीमा कडाई गर्न उनले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले निर्देशन समेत दिएका छन् ।

अन्तरक्रिया सरोकारवाला निकायले बजार अनुमगन थप प्रभावकारी बनाउर्ने बताएका थिए । प्रजिअ बरालले जिल्ला प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा हाजिर भएदेखि नै बजार अनुगमनलाई तिब्रता दिएको दाबी गरे । जिल्ला सदरमुकामको रमाइलोडाँडा, मोलुङको रामपुर र मानेभन्ज्याङको मानेभन्ज्याङ बजारमा अनुगमन गर्दा म्याद गुज्रेको हजारौ मूल्य बराबरको अखाद्य सामाग्री जफत गरि नष्ट गरिएको र त्यस्ता व्यवसायीलाई विगत २४ दिनमा २५ हजार बढी जारीवाना समेत गराइएको उनले बताए ।

चाडपर्व लक्षित सुरक्षा योजना लागु भइसकेको र प्रभावकारी कार्यान्वयनमा रहेकाले ढुक्क भएर चाडपर्व मनाउने वातावरण बनाइएको प्रमुख जिल्ला अधिकारी बरालले बताएका छन् ।