आमा बचत तथा ऋण सहकारीको प्रथम साधारणसभा सम्पन्न भएको छ । बौद्व क्षेत्रमा रहेरकाठमाडौं उपत्यकालाई मुख्य कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको सहकारीले पहिलो साधारणसभासम्पन्न गरेको हो ।
९१ लाख ३१ हजार शेयर पूँजी रहेको आमा सहकारीमा ५ करोड ३९ लाख ९९ हजार ३ सय ८५ बचतरहेको, ४ करोड ५० लाख ३० हजार ६ सय ३६ ऋण लगानी रहेको, १ करोड १ लाख २० हजार ८ सय ३१ रुपैयाँ संस्थागत जगेडा कोष रहेको र सम्भावित ऋण जोखिम कोषमा २६ लाख १६ हजार २सय ९४ रुपैयाँ रहेको प्रतिवेदन साधारणसभामा प्रस्तुत गरिएको थियो । कुल २ हजार ६ सय २६शेयर सदस्य रहेको सहकारीलाई थप चलायमान बनाउँदै चालु आवमा शेयर सदस्य संख्या ३ हजार५ सय पुर्याउने र वासलत १४ करोड पुर्याउने लक्ष्य राखिएको सहकारीका कोषाध्यक्ष केदारकट्वालले बताए । हिसाबकिताब पारदर्शी बनाउँदै बचतको सुरक्षा र ऋणको सुविधा दिन आमासहकारी तत्पर रहेकाले विषम परिस्थितिमा पनि शेयर सदस्यहरुको साथ मिलेको कोषाध्यक्ष कट्वालको भनाइ छ ।
आमा सहकारीले सदस्यहरुलाई संस्थाका बारेमा जानकारी दिन यसवर्ष १२ वटा आधारभूतसहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सदस्य सेवा नीति, नगद व्यवस्थापनकार्यविधि, मानव संसाधन नीति, भाखा नागेको ऋण असुलीसहितका ८ वटा नीति तथा कार्यविधिनिर्माण गरिने सचिव सुरेश काफ्लेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन एवम् भावि नीति तथा कार्यक्रममा उल्लेख छ ।
साधारणसभामा सहभागीले उठाएका जिज्ञासाको सहकारीका अध्यक्ष रामबहादुर कट्वालले जवाफदिएका थिए । संस्थाको हितलाई सर्वोपरि ठान्दै सञ्चालक समितिले काम गरिरहेको र आगामीदिनमा शेयर सदस्यको अटल विश्वास, सक्रिय सहभागिता निरन्तर कारोबारलाई थप बढाउने गरीयोजनावद्व काम गर्ने अध्यक्ष कट्वालले प्रतिवद्वता जनाए ।
संस्था एकिकरण र विभाजनले थुप्रै सिकाई भएको अनुभव सुनाउँदै अध्यक्ष कट्वाले अब आमासहकारी आफैं सफल र अब्बल संस्था बन्ने त्यसका लागि योजनावद्व काम गर्ने उद्घोष गरेका छन् ।
२०६५ बैशाख १३ गते स्थापना भएको आमा सहकारी २०७४ माघ ११ गते एकिकरणभई हाम्रोएकिकृत बचत तथा ऋण सहकारी बनेको थियो । पुनः २०७९ चैत्र २७ गते एकिकृत संस्थाविभाजन भई आमा सहकारी नै भएको छ ।
संस्थाका सहसचिव झनककुमार कार्कीले सञ्चालन गरेको कार्यक्रमका वक्ताहरुले पछिल्लोसमय सहकारीहरुले विश्वास गुमाउँदै गएको भन्दै वित्तिय सुशासनको पालना गरेर सहकारीकोगर्विलो इतिहास कायम राखेर सदस्यको विश्वास जित्नेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
साधारणसभाले पुन: रामबहादुर कट्वालकै अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।
प्रतिक्रिया