ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लामा सवारी भाडादर कार्यान्वयन र बजार अनुगमनलाई तत्काल पहिलो प्राथमिकतामा राखेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा असोज १ गते सोमबारबाट कार्यसम्पादन थालेका बरालले मंगलबार पत्रकार भेटघाट कार्यक्रम गरि यस्तो बताएका हुन् ।
सवारी भाडादर यसअघि तोकिएपनि कार्यान्यन्वयनमा केहि समस्या भएनभएकोबारे आफुले बुझ्ने र भाडादर पूर्ण रुपले कार्यान्वयनका लागि अनुगमन, नियमन र कारबाहीसम्म गरिने प्रजिअ बरालले बताए ।
यस्तै चाडपर्वहरु नजिकिरहेको बेला बजार अनुगमनलाई थप तिब्रता दिँदै कालोबजारी, अस्वभाविक मुल्यवृद्धि, अवैधानिक व्यापार व्यवसाय सञ्चालन र अखाद्य वस्तु विक्रीलाई रोक्ने कुरा तत्काल आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाई छ ।
जिल्लामा शान्ति, सुव्यवस्था र सुशासन कायम राख्दै सेवा प्रवाहलाई सरल र नागरिकमैत्री बनाइने समेत प्रमुख जिल्ला अधिकारी बरालले बताएका छन् ।
प्रतिक्रिया