१७ गते सार्वजनिक सुनुवाई गर्दै हलेसी तुवाचुङ नगरपालिका

१७ गते सार्वजनिक सुनुवाई गर्दै हलेसी तुवाचुङ नगरपालिका


भिजन समाचार
3.3k
Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भाद्र १७ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले कार्यान्वयन तथा सम्पादन गरेका गत आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम, सेवा प्रवाह विकास निर्माणलगायतका विषयमा सुनुवाई गर्ने भएको हो ।

वडातहमा सार्वजनिक सुनुवाई सकेर नगरस्तरिय बृहत सार्वजनिक सुनुवाई आयोजना गर्ने तयारी गरिएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द खड्काले बताए ।

समृद्ध र सुशासनमैत्री नगर निर्माणको लक्ष्यका साथ आयोजित सार्वजनिक सुनुवाईमा सकृय सहभागिता जनाउन नगरपालिकाले सबै नगरबासी र सरोकारवालामा अपिल गरेको छ ।