ओखलढुंगाको मोलुङ गाउँपालिकाको ल्याप्टप चोरी भएको छ । माेलुङका प्रमुख प्रशासकीय अधिकृत सरोज थापाको सरकारी निवासबाट ल्याप्टप थान-२, मोबाईल थान-२, हेड फोन थान-२ र दारी काट्ने मेसिन थान-१ चोरी भएको हो ।
सरकारी कार्यालयको सामान चोरी गरेको आरोपमा मोलुङ गाउँपालिका–५ का ३ जना किशोरलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए । पक्राउ परेका किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।
मोलुङका प्रमुख प्रशासकीय अधिकृत थापाको निवासबाट सामान चोरी भएको थियो । थापा बिदामा बसेको समयमा चोरी भएपनि कार्यालय फर्किएपछि घटनाबारे थाहा पाएलगत्तै उनले प्रहरीलाई साउन २० गते जानकारी गराएका थिए ।
चोरीमा संलग्न भएका भनिएका व्यक्तिहरु नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
चोरी गरिएका सामान सदरमुकामका पसलमा लगेर विक्रि युवाहरुले विक्रि गरिसकेको र व्यापारीहरुले ल्पाप्टपमा भएका पालिकाका प्रमाणहरु नष्ट गरिसकेको अवस्थामा उक्तसामानहरु प्रहरीले बरामत गरेकाे छ ।
चोरीमा संलग्न युवाहरु मोलुङका जनप्रतिनिधिकै परिवारका सदस्य समेत रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया