ओखलढुंगामा राष्ट्रिय परिचयपत्र वितरण सुस्त भएको पाइएको छ । जिल्लामा हालसम्म विवरण संकलन भएकामध्ये ६८ जनाले मात्रै राष्ट्रिय परिचयपत्र लिएका हुन् ।
विं.सं २०७७ साउनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको थियो । जसमा २०८० असार मसान्तसम्म २० हजार १६२ जनाको विवरण संकलन भएको थियो । विवरण संकलन भएकामध्ये एक हजार चार सय ७१ जनाको कार्ड आइपुगेकोमा हालसम्म ६८ जनाले मात्रै लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सुचना अधिकारी मेघराज शंकरले बताए ।
उनका अनुसार अझै एक हजार तीन सय ९३ वटा कार्ड वितरण हुन बाँकी छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका नागरिकहरुले प्रशासनमा सम्पर्क गरेर समयमै आफ्नो कार्ड लिन पनि प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया