विद्युतका कर्मचारीले रोपे बिरुवा

विद्युतका कर्मचारीले रोपे बिरुवा


भिजन समाचार
2.6k
Shares

नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्र परिसरमा वृक्षरोपण गरिएको छ । प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा ६० बढी फलफुलका बिरुवा रोपिएको हो ।

केन्द्र परिसरमा हावापानी र माटो अनुरूपका फुलफुलका बिरुवाहरु सुन्तला, कागती, लिची, अमला र केरा लगायतका बिरुवा रोपिएको केन्द्रका निमित्त प्रमुख सन्दिप कुमार भगतले बताए ।

जलविद्युत् आयोजना, प्रसारण लाइन र वितरण केन्द्रतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र नभई रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते वृक्षरोपण गर्ने गरेको उनले बताएका छन् ।