लिखुमा ट्याक्टर दुर्घटना, एक किशोरीको मृत्यु

लिखुमा ट्याक्टर दुर्घटना, एक किशोरीको मृत्यु


भिजन समाचार
201.6k
Shares

ओखलढुंगा । ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । बिहीबार अपरान्न लिखु गाउँपालिका २ सुन्तले गैराबाट मकै लिएर गाउँ आउँदै गरेको ट्याक्टर गैरा वरपिपलमा दुर्घटना हुँदा १८ बर्षीय अप्सरा खड्काको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएकी किशोरी लिखु २ का वडा सदस्य कृष्णबहादुर खड्काकी छोरी हुन् ।

दुर्घटनामा ट्याक्टर १५० मिटर तल खस्दा गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरि साँघुटारमा रहेको स्वास्थ्य संस्थामा लैजादैगर्दा बाटोमै ज्यान भएको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले भिजनलाई जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार ट्याक्टरमा ७ जना सवार रहेकोमा चालक सामान्य घाइते रहेको र अन्य यात्रु हामफालेर बाँच्न सफल भएका छन् ।

लिखुका जनप्रतिनिधि, स्थानीय र प्रहरी टोली घटनास्थलमा पुगेका छन् ।

ओखलढुुंगाका ग्रामिण क्षेत्रमा ट्याक्टरको ढालामा बसेर समेत स्थानीय यात्रा गर्ने गरेका छन् । नियमविपरित ट्याक्टरमा यात्रा गर्दा वर्षेनी दुर्घटनामा यात्रुको ज्यान जाने गरेको छ ।

तस्बिर : सांकेतिक गुगलबाट