दूधकोशी किनारमा अपरिचित पुरुषको शव फेला

भिजन समाचार
258
Shares

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–१, मुलघाटस्थित दूधकोशी नदी किनारमा एक अपरिचित पुरुषको शव फेला परेको छ । बिहीबार दिउँसो करिब १ बजे स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरी चौकी निशंखेलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बिनोद कुमार खाँ थारुको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो । प्रहरीका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्वमा थप प्रहरी टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।