ओखलढुंगामा बालिका बलात्कार गरेर फरार युवा तेह्रथुममा पक्राउ

भिजन समाचार
1.3k
Shares

ओखलढुंगाको खिजीदेम्बाकी १३ बर्षीय बालिकालाई बलात्कार गरि फरार एक पुरुषलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुमको मेन्छयायेम गाउँपालिका–३ मोरहाङ का २५ वर्षिय अनिल खापुङ भन्ने अनिल लिम्बु रहेका छन् । पीडित बालिका घरमा एक्लै बसिरहेको अवस्थामा गत जेठ ३ गते दिउँसो जबरजस्ती करणी गरि फरार रहेको आरोपमा उनलाई प्रहरीले साउन १९ गते शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।

आरोपितलाई लिम्बुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिएका छन् ।